Raatbhar 4choti Chike
एउटा खानेपानीको सर्वेका लागि त्यहाँ पुगेको थिएँ । पहाडको त्यो ठाउँमा खानेपानीको आयोजना पुग्नु ठूलै उपलब्धी थियो त्यसैले जिल्ला खानेपानी कार्यालयका ओभरसियर त्यहाँ पुग्नु भनेको गाउँलेहरुलाई राज्यका सबैभन्दा ठूलो मान्छे पुगे बराबर थियो ।गाउँका प्रधानपञ्चको ठूलै फूर्ति थियो उनी आफ्नै पहुँचले खानेपानीको यो योजना गाउँमा आएको देखाउन चाहन्थे । यथार्थ के थियो भने विश्व बैंकको ठूलै ऋणमा बनाउनु पर्ने योजना अन्त लाँदा लागत बढी पर्ने भएकाले हामीले यस गाउँमा ससानो स्तरको एउटा खानेपानी योजना हालिदिएर कागजमा ठूलो र बृहद् योजना देखाएर बजेट सिध्याउनु थियो । यसमा मन्त्रीदेखि लिएर रापंससम्मको ठूलो भूमिका थियो । म काठमाडौंको बासिन्दा भरखर कोर्ष सिध्याएर आफ्ना अञ्चलाधिस मामाको सिफारिसमा ओभरसियरको जागिर पाएर पहिलो पटक अनुभवका लागि दुर्गम जिल्लामा फगेको थिएँ । अनुभव के भन्नु विश्व बैंकको ठूलै प्रोजेक्ट भएकाले मामाले नैभनसुन गरेर यहाँ दरबन्दी मिलाई दिनुभएको थियो ।पहिलो जागिरको पहिलो सर्वे भएकाले म जति उत्साहित थिएँ त्यतिनै दिनभरिको हिडाईले थाकेर चुरचुर भइसकेको थिएँ । प्रधानपञ्च थिए थामबहादुर आले । म गाउँ...